भीषण सडक दुर्घटनामा २२ अप्रवासीको गयो ज्यान

इस्तानबुल, असोज २९ । टर्कीको पश्चिमी प्रान्त इजमिरमा प्रवासीहरूलाई बोकिरहेको एउटा ट्रक नहरमा खस्दा कम्तिमा पनि २२ जनाको ज्यान गएको छ । टर्कीको सरकारी मिडियाले जनाएअनुसार मारिनेहरूमा केटाकेटी पनि रहेका छन् ।

प्राप्त समाचार अनुसार उक्त ट्रक सडकको ब्यारियरमा ठोक्किएर बीस मिटर तल सिंचाईको लागि निर्मित एउटा नहरमा खसेको थियो ।

दुर्घटनामा मारिनेहरू कुन देशका थिए भन्ने कुरा अझै खुल्न आएको छैन । अनादोलु एजेन्सीका अनुसार आइतबार भएको उक्त दुर्घटनामा परेको ट्रक ऐदीन प्रान्तबाट इजमिरतिर गैरहेको थियो । समाचारहरूमा जनाइए अनुसार उक्त ट्रकमा सवार आप्रवासीहरू समुद्रतटतिर जाँदै थिए जहान उनीहरूलाई ससाना डुङ्गाहरूबाट ग्रीसको सामोस तापुतिर पठाइँदै थियो ।

शनिबारमात्रै ग्रीसमा एउटा कर्मा आगो लागेर ११ आप्रवासीहरूको ज्यान गएको थियो । यस दुर्घटनामा १३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । ट्रक चालक ३५ वर्षीय टर्किस युवकका अनुसार उनले एउटा अर्को गाडीसँग ठोक्किनबाट बच्न ट्रकलाई मोड्न खोज्दा उक्त दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई नाबालक केटाकेटी, दुई नवजात शिशु र र एक जना गर्भवती महिला समेत रहेका छन् ।

बीबीसीका अनुसार युद्धग्रस्त सिरिया र अन्य क्षेत्रहरूबाट पश्चिमी युरोपतिर जाने अधिकांश प्रवासीहरू टर्कीको बाटो भएर जाने गर्दछन् ।

सन् २०१५ मा मात्र टर्कीको बाटो भएर १० लाख सिरियाली नागरिक ग्रीस पुगेका थिए । तर तार्कि र युरोपियन युनियनबीच सम्झौता भापाची यो संख्यामा कमी आएको छ ।

संयु्क्त राष्ट्र संघले जनाए अनुसार यस वर्ष अहिलेसम्म टर्कीको बाटो भएर २४ हजार जति आप्रवासी ग्रीस पुगेका छन् जसमध्ये १ सय १८ को बाटोमै ज्यान गएको छ ।

 

कमेन्ट गर्नुहोस्