लेख्दा हात काम्छ ? कारण र समाधान जान्नुहोस्

काठमाडाै‌ । कतिपयको लेख्ने वेला हात काम्ने गर्छ । कहिलेकाहीँ हुने यस्तो समस्या असामान्य बन्दै पनि जान सक्छ । यस्तो समस्या जुनसुकै उमेरका लेखनकार्य गर्ने, ड्राफ्ट्म्यान, चिकित्सक, इन्जिनियर, केमिस्ट, वाद्यवादक, कार्पेन्टरलाई हुन सक्छ ।

 

 

जुन रोग हो । यस्तो रोगलाई मेडिकल भाषामा राइटर्स क्रेम्प भनिन्छ । यस्तो समस्या १७–१८ वर्षको उमेरबाट सुरु हुन सक्छ । तर, यस्तो समस्याको लक्षण देखिनासाथ तत्काल उपचारमा ध्यान दिनुपर्छ । नत्र यसले पूरै शरीरलाई आक्रान्त बनाउँछ ।

 

 

के हो राइटर्स क्रेम्प ?

–  ‘राइटर्स क्रेम्प’ मानिसको कार्य या व्यवसायसम्बन्धी रोग हो । यस्ता समस्या भएका व्यक्तिले लेख्न थाल्दा उसको औँलामा समस्या देखिन्छ । यस्ता व्यक्तिको औँलामा शक्ति नै हुँदैन । बरु एक प्रकारको कडापन महसुस हुन्छ ।

 

 

हात जाम भएकोजस्तो अनुभव हुन्छ । यस्ता समस्या भएका व्यक्तिले लेख्ने समय बलियो गरी कलम या पेन्सिल समाउने प्रयास गर्छन् । दुःखद कुरा के भने जति सावधानीसाथ कलम समाउन खोज्यो, त्यति नै बढी औँलामा कम्पन उत्पन्न हुन जान्छ ।

 

 

–  हातको औँलाबाट सुरु भएको यस्तो समस्या बिस्तारै पूरै शरीरलाई आक्रान्त बनाउँछ । पूरै शरीरमा कम्पन उत्पन्न हुन थाल्छ ।

 

 

–  कहिलेकाहीँ औँला र हातले असामान्य व्यवहार गर्न थाल्छ । जस्तो कि बुढिऔँला दब्ने, औँला अर्कोतर्फ फर्किने आदि । जसका कारण सम्पूर्ण जीवन अस्तव्यस्त हुँदै जान्छ ।

 

 

–  यस्तो समस्याले मन मस्तिष्कमा तनाव उत्पन्न गर्छ । रोगी जति बढी चिन्तित हुन्छ, त्यति नै मानसिक तथा स्नायुसम्बन्धी समस्या बढ्ने गर्छ र अन्य मांसपेशीमा पनि तनाव उत्पन्न हुन्छ ।

 

 

–  यस्तो समस्याले पूरै हातलाई आक्रान्त बनाउन थालेमा लेख्ने मात्र नभएर दाह्री बनाउन, सर्टको टाँक लगाउन, मेकअप गर्न, खाना खानसमेत समस्या उत्पन्न हुन्छ ।

 

 

–  यस प्रकारको तनाव या कम्पन अनुहार या जिब्रो, गर्दनलगायतका अंगमा पनि हुन सक्छ । जसलाई चिकित्सकीय भाषामा फोकल डिस्टोनिया वा अक्युपेसनल डिसटोनिया भनिन्छ ।

 

 

निदान

– रोगको निदानका क्रममा विशेषगरी व्याक्तित्वलाई अध्ययन गर्नुपर्छ । यस्तो समस्या पहिचानका लागि लेखाइको पनि परीक्षण गर्न सकिन्छ ।

 

 

–  दिनभरमा कति लेख्छ ? कस्तो लेख्छ ? लेखाइको गति कस्तो छ ? आदि कुरामा पनि ध्यान दिइन्छ ।

 

 

–   यसबाहेक आवश्यकताअनुसार मानिसको मांसपेशीको विद्युतीय गतिविधि (इएमजी)को परीक्षण र घाँटीको एक्स–रे गरिन्छ ।

 

 

यसकारण समस्या

– यस रोगका बारेमा सबै मनोवैज्ञानिकको मत एक छैन । केहीले यसलाई एक प्रकारको स्नायुमण्डलीय समस्या भन्छन् । कतिपयले यसलाई मानसिक समस्याबाट उत्पन्न हुने शारीरिक समस्या बताउँछन् ।

 

 

–  कतिपय चिकित्सा विद्वान्ले मस्तिष्कमा हुने बेसल गैंगलियानले राम्रोसँग काम नगर्नुको परिणामका रूपमा लिन्छन् । बेसल गैंगलियानको काम शरीरका अंगलाई सन्तुलनमा राख्नु हो ।

 

 

–  बेसल गैंगलियानमा समस्या उत्पन्न भएमा यस रोगबाट प्रभावित अंगले मस्तिष्कले पठाएको निर्देशनलाई कार्यान्वयन गर्न सक्दैन । जसले गर्दा प्रभावित अंगमा कडापन, कम्पनलगायतका समस्या हुन्छ ।

 

 

–  राइटर्स क्रेम्पका प्रायः रोगी अतिरिक्त तनावबाट पनि ग्रसित हुन्छन् ।

 

अन्य लक्षण

–  लेख्ने वेला हातमा या हातको कुनै भागमा कम्पन, कडापन, दुखाइ, तनाव उत्पन्न हुनु ।

 

 

–  लेखिहाले पनि अक्षर बांगाटिंगा हुने । लेख्ने गतिमा कमी हुने भएकाले बढी लेख्न नसक्नु ।

 

 

–  लेख्ने वेला पेन या पेन्सिललाई बलियो गरी समाउनु, कलम स्वतः हातबाट झर्नु, हात नियन्त्रणमा नरहनु आदि समस्या हुन्छ । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्