काठमाडौँ । पश्चिमी जर्मनीको हेजे शहरमा आइतबार एउटा विमान भीडमा दुर्घटनाग्रस्त हुँदा एक बालक समेत तीन जनाको मृत्यु भएको छ ।
प्राप्त समाचार अनुसार उक्त सानो सेस्ना विमानलाई पाइलटले फुल्डा सहरको वासरकुपेमा अवतरण गराउन खोज्दा केही गडबडी आएको र त्यसपछि उक्त विमान हेजे शहरको भिडभाड भएको ठाउँमा खसेको जनाइएको छ ।
उक्त दुर्घटनामा थुप्रै मानिस घाइते समेत भएको जनाइएको छ ।