सडक दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ, असोज २९ । काठमाडौँबाट हेटौडा जाँदै गरेको जीप दक्षिणकाली नगरपालिकामा दुर्घटनाग्रस्त हुँदा एक जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटना आइतबार राति भएको हो । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । वृत्तका प्रमुख अनिलकुमार विष्टले उक्त दुर्घटनामा घाइते भएका चार जनाको सोही अस्पतालमा उपचार भइरहेको बताए ।

रासस

कमेन्ट गर्नुहोस्