घ्युका यस्ता पनि छन् फाइदा

घ्युले खानाको स्वाद त बढाउँछ नै साथै यसलाई सौन्दर्य प्रसाधनको रूपमा समेत प्रयोग गर्न सकिन्छ । आयुर्वेमा घ्युका धेरै उप्योगीताहरू वर्णित छन् । ती मध्ये केही यसप्रकार छन्:

सौन्दर्य प्रसाधनको रूपमा घ्यु:

१. घ्युलाई अनुहारमा लगाउँदा अनुहारमा चमक आउँछ । प्रत्येक दिन नुहाउनुपूर्व केही थोपा घ्युले अनुहारमा मालिस गर्नाले गजबको फाइदा हुने गर्दछ ।

. कसैकसैलाई जाडोमा ओठ फुटेर हैरानी भइराखेको हुन्छ । धेरैलाई त लिपबामको प्रयोगले समेत केही फाइदा हुन्न । यस्तोमा सुत्नुभन्दा पहिले ओठमा दुइ थोपा घ्यु लगाउँदा नचिताएको फाइदा हुने गर्दछ ।

३. कपालको निम्ति पनि घ्यु साह्रै फाइदाजनक छ । कपालको टुप्पो टुप्पोमा घ्यु लगाएर त्यसको दुई घण्टापछि कपाल धोएको खण्डमा दुईमुखे भएका कपल्माफैदा पुग्ने हुन्छ ।

४. यदि आँखाको मुन्तिर कालो घेरा भएको छ भने त्यस्तो अवस्थामा सुत्नु अगाडि केही थोपा घ्यु त्यस भागमा लगाउने र बिहान चिसो पानीले सफा गर्नाले फाइदा हुन्छ ।

५. घ्युलाई मेकअप रिमुभवरको रूपमा समेत प्रयोग गर्न सकिन्छ । विश्वश गरेर आँखाको मेकअपमा यस्तो गर्न सकिन्छ ।

६. कपाल रुखो भएको खण्डमा मोस्चराइजरको रूपमा पनि घ्युको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले कपालको प्राकृतिक नामी कायम रहिराख्छ ।

कमेन्ट गर्नुहोस्