जनावरलाई थापेको पासोमा परी एकजना घाइते

डोटी, असोज २९ । डोटीमा एकजना जंगली जनावरलाई थापेको पासोमा परि घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका वडा नं–३ मुडभारा बस्ने ४५ वर्षीय तारी जोरा पासोमा परी गम्भीर घाइते भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पासोमा परी गम्भीर घाइते भएका जोरालाई उपचारका लागि भारततर्फ पठाइएको छ । डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले पासो थाप्ने त्यसै ठाउँका कटी जोरा रहेको भन्ने बुझिएकाले थप अनुसन्धानका लागि प्रहरी टोली पठाएको बताए ।

 

पछिल्लो समय डोटीमा जंगली जनावर मार्ने क्रम बढेको स्थानियबासीको भनाई छ । जंगली जनावरलाई मार्नु कानुनविपरित भए पनि लुकीछिपी चोरीशिकार गर्नेहरुको संख्या बढेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्