नेकपा सांसदलाई डोटीमा कालो झण्डा

डोटी, असोज २९ । साविक सुदूरपश्चिम क्षत्रिय सदरमुकाम दिपायलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सांसद अर्चना गहतराजलाई कालो झण्डा देखाइएको छ ।

डोटी चेम्बर अफ कमर्सले दिपायलको पिपल्ला बजारमा आयोजना गरेको दसैं शुभकामना आदान प्रदान कार्यक्रममा सांसद गहतराजलाई स्थानीय युवाको समूहले कालो झण्डा देखाएको हो ।

दिपायल राजधानीको प्रतिपक्षमा प्रदेश सभा बैठकमा मत हालेको भन्दै युवाहरुले उहाँको कार्यक्रम स्थलमा आएर कालो झण्डा प्रर्दशन गरेका हुन् ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएकी सांसद गहतराजले बोल्ने पालो आएपछि युवाहरुको समूहले ‘डोटीविरोधी मत हाल्ने सांसद मुर्दावाद, दिपायल राजधानी कायम गर’ भन्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।

युवाहरुले प्रर्दशन गरे पनि छोटो समय लिएर बोल्दै गहतराजले आफूले नचाहँदा नचाहँदै पनि राजधानी अन्तै सारिएको र दिपायल राजधानी कायम गराउन नसकेको प्रति आफू पनि दुःखी भएको बताइन् । सांसद गहतराज डोटीबाट प्रदेश सभाका लागि समानुपातिक सांसद हुन् ।

कमेन्ट गर्नुहोस्