पूर्वमन्त्रीको भट्को अपिल- ‘रविलाई नेपाल आइडल बनाउन सबै भोट गर्नुस्’

काठमाडौं, असोज २९ । रवि वड अहिले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा छन् । उनी त्यहाँ आगामी यात्रा अगाडि बढाउन भोट माग्न र दसैं मनाउन गएका छन् । नेपाल आइडल सिजन-२ मा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रहेका रविले यसअघि दमदार प्रस्तुति दिएर स्रोता-दर्शकको मन जितेका छन् । छन् ।


रवि अहिले सुदूरपश्चिमा भेटघाटमा व्यस्त छन् । राजनीतिज्ञ, समर्थक तथा आफन्त सबैसँग उनको भेट भइरहेको छ । यसैबीच, आज (सोमबार) पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य नेता लेखराज भट्टसँग पनि रविको भेट भएको छ ।

सांसद भट्टले भेटमा रविलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना दिए । साथै, उनले रविलाई विजयी बनाउन सबैलाई भोट गर्न अपिल गरे ।

 

रविले धनगढी अडिसनबाट नेपाल आइडलमा भाग लिएका थिए । उनी अहिले उत्कृष्ट नौभित्र पुग्न सफल भएका छन् । उनको आवाजको अहिले चौतर्फी चर्चा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्