उपचार खर्च बुझाउन नसक्दा साउदी अस्पतालको निगरानीमा रहेका पासवान नेपाल फर्किए 

साउदी असोज ३०।सवारी दुर्घटनामा परि गम्भीर घाइते
भै साउदी स्थित अलहासाको किंग फाद अस्पतालमा उपचार गर्दा उपचार खर्च बुझाउन नसकी २० महिनादेखि अस्पतालको निगरानिमा रहेका धरम नाथ पासवान आइतबार नेपाल फर्किएका छन।

गत २६ फेब्रुअरी २०१७ राती अलहासाको सल्मानियामा भएको सडक दुर्घटनामा परि गम्भिर घाइते भएका पासवानलाई अचेत अवस्थामै अस्पतालमा भर्ना गरिएको थियो। शरीर अपांग भएपनी बाच्न सफल भएका पासवानको उपचारार्थ लागेको लाखौ साउदि रियाल शुल्क असुल गर्न नसकि अस्पतालकै निगरानीमा थिए ।

जनकपुर उपमहानगरपालिका २० रुपराबैठा धनुषा घर भएका पासवान साउण्ड लाइन रिक्य्रुटमेन्ट म्यानपावरबाट प्रति महिना ८०० साउदी रियाल तलवमा सम्झौता गरि ११ मर्इ २०१४ मा अव्दुल्ला सैयद अल घाम्दि इस्ट कम्पनि काम गर्न भनि साउदी अरब पुगेका थिए । करार बमोजिम कम्पनिबाट तलव सेवा सुबिधा नपाएपछि कम्पनी बाट भागेर अर्को कम्पनीमा काम गर्दै गर्दा सडक दुर्घटनामा परेका पासवानको अस्पतालले कानुनी हैसियत नहेरि उपचार गर्दै गएको र अस्पतालमा उपचारखर्च बापत करिव २ लाख साउदी रियल बराबरको शुल्क भएपछि रकम नतिरी पासवान लाई डिस्चार्ज नगर्ने बताउदै आएको थियो।

मष्तिकको शल्य क्रिया सफल भएपनि देब्रे हात खुट्टा नचल्ने अबस्थामा रहेका पासवान अस्पतालमा बन्दी सरह बिरामी सैयामा उद्धारको पर्खाइमा रहेका थिए। पासवानको अबस्था बारे जानकारी प्राप्त भएपछि उनको उद्दारका लागि गैर आवासीय नेपाली संघ, साउदि अरबले आफ्नो माथिल्लो निकाय एन आरएनए आईसीसी, नेपाली राजदुतावास रियाद नेपाल स्थित परराष्ट्रमन्त्रालय लगायतका सम्बन्धित निकायहरुमा पत्राचार गरि लामो समय देखि संस्थागत समन्वय र अनुरोध गरेसंगै आइतबार पासवानलाई हिमालयन एअरलाइन्स मार्फत नेपाल पठाउन सफल भएको गैर आवासीय नेपाली संघ साउदी अरबले जानकारी दिएको छ।

यता नेपाली राजदुतावास रियादले अस्पतालको शुल्क मिनाहा गर्न अस्पताल प्रशासन,स्वास्थ्य मन्त्रालय र साउदि पूर्वीप्रांतीय गभर्नरलाई अनुरोध गरेको भएपनि उपलब्धि हासिल हुन नसके पछी एनआरएनए छैटौं मध्यपुर्व भेलामा पासवानको मुद्दाले समेत प्रमुख स्थान पाएको थियो ।
भेलाका सहभागीहरूलाई अनुरोध गर्दै रकम संकलन पनि गरिएको थियो।पासवानलाई अस्पताल बाट निकाल्न नेपाल स्थित साउदि रादुताबासमा एनआरएनका आइसिसि अध्यक्ष भवन भट्ट लगायतको टोलिले अनुरोध गरेको थियो।भने परराष्ट्रमन्त्री सँग भेटि पासवानको अस्पताल शुल्क मिनाहा गर्न विशेष अनुरोध गरेको थियो।

त्यस्तै वर्तमान आइसिसि सदस्य धरम के.सी.ले समेत पासवानको उद्धारका लागि कानुनी पैरवी पहल गरि रहेका थिए। साउदि अरबका एनआरएनए आईसीसी सदस्य तथा बैदेशिक रोजगार तथा आप्रबासि कामदार कल्याण समितिका उप संयोजक जोन अर्याल, एनसीसी साउदीका अध्यक्ष नारायण पासवान लगायतका पदाधिकारीहरुले अस्पतालका कर्मचारीहरू संगको नियमित भेटघाट र छलफललाइ निरन्तरता दिदै कर्मचारीहस्को बिशेष सहयोगमा डिस्चार्च गराउन सफल भएको एनआरएन साउदीले बताएको छ।

पासवानको उद्दारमा नेपाली राजदुतावास रियादका स्थानीय कर्मचारी हरि घिमिरेको विशेष पहल र सहयोगमा नेपाल सम्म पठाउन सफल भएको एनसीसी अध्यक्ष नारायण पासवानले बताएका छन्।
पासवान लाई नेपाल पठाउन एन आरएनए आइसिसि सदस्य एवम् FEMWWC का मध्यपुर्व सहसंयोजक जोन अर्यालले विजनेस क्लासको हवाई टिकट उपलब्ध गराउनुका साथै आवश्यक घरायसि सामानको ब्यबस्था गरेका थिए भने चुर्ण बस्नेतबाट एल इ डि टेलिभिजन समेत पासवानलाई उपहार दिइएको जानकारी दिएका छन।

उनलाई नेपाल पठाउन एनसीसी साउदिका संरक्षक पुरुषोतम दासले ह्विलचेयर उपलब्ध गराएका थिए भने एनसीसी अध्यक्ष नारायण पासवानको पहलमा बिभिन्न सामाजिक ब्यक्तित्वहरू बाट १ हजार २ सय साउदि रियल समेत सहयोग गरिएको संघका उपाध्यक्ष डमर कुमार यादवले जानकारी दिएका छन् । यसअघि गैर आवासीय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रीय समन्वय समिति दम्माम साउदीले बिमारि धर्मनाथ पासवानको परिवारलाइ ७२ हजार ७ सय २४ रुपैयाँ समेत आर्थिक सहयोग गरेको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्