प्रदर्शनीमा राखिएको श्रीपेचमा ७५० टुक्रा हीरा

काठमाडौं, असोज ३० । सोमबारबाट नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनीमा राखिएको श्रीपेचमा ७५० टुक्रा हीराको हार रहेका छन् ।

पुरातत्व विभागका महादिर्नेशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६ वटा मणिमाणिक्य छन् । श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको छ । कल्की चराको पुच्छर हो ।

दाहालका अनुसार बर्ड अफ प्याराडाइज नामक चरोको पुच्छरबाट कल्की बनाइएको हो । यो चरा दुर्लभ र संरक्षित चरा हो ।
यो चराको पुच्छर अमेरिकाबाट ल्याएर श्रीपेच आकर्ष बनाउने राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए ।

त्यसक्रममा कल्की बाहेकको भागमा हिरा, मोती, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो । श्रीपेचलाई शक्तिको प्रतिकको रुपमा लिइन्छ । कान्तिपुर दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्