ब्रेकिङः बैतडीमा बस दुर्घटना, पाँचजना घाइते

बैतडी, असोज ३० । बैतडीमा बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तर्गत जिल्लाको डिलाशैनी–६ बांगाबगरमा आज (मंगलबार) बिहान ५ बजे बस दुर्घटना हुँदा पाँचजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिका ९ का ३ वर्षीय हार्दिक चन्द, २७ वर्षीय धर्मानन्द जोशी, १४ वर्षीया सुनिता ठगुन्ना, दार्चुला शैल्यशिखरकी २३ वर्षीया गिता ठगुन्ना र ६ वर्षीय बालक युवराज जोशी रहेका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कैलालीको अत्तरियाबाट गन्नाका लागी छुटेको ना ५ ख ८११७ नं को पवनदुत यातायातको बस बिहानै बांगाबगरमा सडकमा दुर्घटनामा परेको हो । बस चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाको कारणबारे सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्