रहर कि बाध्यता ?

लोकेश धामी, काठमाडौं । माथिको तस्वीर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ अर्थात चर्चित भएको छ । यी फोटोमा देखिएको तस्वीर बझाङकी एक महिलाको हो ।

बझाङलगायत विकटका अधिकांश महिला यसरी नै रुखमा चडेर घाँस काट्छन् । साथै, उनीहरु ठूला भीरहरुमा गएर नि घाँस काटेर ल्याउँछन् ।

यो त्यहाँ महिलाहरुको बाध्यता हो । तर, अधिकांशलाई यसरी रुख चढेको देख्नु साहस जस्तै लाग्छ न सक्छ । यो स्वभाविक पनि हो । पहाडी जिल्लामा यस्ता दृश्य प्रशस्तै देख्न सकिन्छ । हुनत तराईमा पनि यस्ता दृश्य देख्न सकिन्छ । तर, कम मात्रामा ।

माथिको तस्वीर बझाङको बुगंल नगरपालिका क्षेत्रको हो । त्यहाँका बासिन्दा पनि घाँस काट्का लागि रुख चढ्छन् । घर आँगनमै रहेका रुख हुन् या जंगलका रुख प्रायः महिला नै उक्लिएर घाँस काट्छन् । पुरुष पनि घाँस काट्न सहयोग त गर्छन् । तर, कहिलेकाहीँ मात्र ।

गाउँमा अहिले युवा भेट्न नै गाह्रो छ । अधिकांश युवा रोजगारीका लागि विदेशीएका छन् । जसले गर्दा अझैं महिलामा नै घाँसदाउरा काट्ने थप जिम्मेवारी थपिएको छ । हुनत प्रायः महिला घाँस आफैं काट्छन् । तर, पुरुष पनि घरमै भइदिएमा भने उनीहरु पनि कहिले काहीँ सघाउँछन् ।

रुख चढ्नु नै जोखिम काम हो । अझैं रुखमा चढेर घाँस काट्नु त झनै जोखिम हो । तर, पनि विकट क्षेत्रका महिलाहरुका लागि यो जोखिम मोल्नु सामान्य जस्तै लागेको छ । धेरै महिलाले रुखबाट लडेर ज्यान गुमाएका छन् । तर, रुखमा चढेर घाँस काट् भने छोडेका छैनन् ।

कमेन्ट गर्नुहोस्