१२ वर्षमा फूल्ने नीलकुरन्नी फूलको सौन्दर्य ! [फोटो फिचर]

एजेन्सी । नीलकुरन्नी विश्वका दुर्लभ फूल मध्ये एक हो । यो फूल हरेक १२ वर्षमा एकपटक मात्रै फूल्छ त्यो पनि भारतको दक्षिण पश्चिमी राज्य केरलाको पहाडमा ।


यो वर्ष नीलकुरन्नी फूल फूलेको छ । केरलाको इरभिकुलमको पहाडमा फूल्छ नीलकुरन्नी । अहिले नीलकुरन्नीले इरभिकुलमको पहाडलाई हल्का निलो तथा बैजनी बनाएको छ ।

नीलकुरन्नीलाई छोटोमा कुरन्नी पनि भन्ने गरिएको छ । स्ट्रोब्लान्थिस जिनस अन्तर्गत पर्ने फूल हो नीलकुरन्नी । यो जिनसमा ३५० प्रजातिका फूल फूल्ने बिरुवाहरु छन् । यसका ५९ प्रजाति भारतमा पाइन्छन् ।

यो प्रजातिका फूलहरुको फूल्ने समय फरक हुन्छ । कुनै हरेक चार, कोही हरेक आड, १०, १२ वा १६ वर्षमा एकपटक फूल्छन् । नीलकुरन्नी हरेक १२ वर्षमा फूल्ने गर्छ ।

यो वर्षको नीलकुरन्नी फूल्ने वर्ष हो र इरभिकुलमको पहाड गएको गएको अगस्टदेखि नै फूलको रंगसँगै बैजनी बनेको छ । स्थानीय भाषामा नीलकुरन्नीको अर्थ निलो फूल हो ।

नीलकुरन्नी एकपटक फूलेपछि मर्छ । फूल्दा ठूलो मात्रामा फूल्ने भएकाले यसका बिउहरु चरासहितका प्रजातिले खाएर नसक्ने भएकाले फेरि उम्रिन्छ र १२ वर्षपछि उसैगरी फूल्छ ।

नीलकुरन्नी यसअघि सन् २००६ मा फूलेको थियो । देशसञ्चारबाट

कमेन्ट गर्नुहोस्