गरीव, दुखीलाई मेयरले दिए दशै खर्च

 शशिधर भण्डारी प्यूठान, प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिका भित्रका गरीव दुखीः अपागं र असहाय परिवारलाई दशै खर्च सहयोग गरेका छन् ।

वडा दशैको अवसर पारेर प्रमुख कक्षपतिले मेयर कोषबाट पीडितकै घरघरमा पुगी सहयोग गरेका हुन् । कक्षपतिले प्यूठान नगरपालिकाका अति गरिव परिवारहरुलाई सहयोगको लागि मेयर कोष स्थापना गरी सहयोग गरिएको हो ।

नगर क्षेत्रका असहाय, असक्त, अपागं, अति गरिवी पहिचान गरी २५ जनालाई २ हजारका दरले सहयोग गरेको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए ।

‘दशैको रमझममा नगरभित्र नुन, तेल, अन्नपात जोहो गर्न नसक्ने ब्यक्तीहरु छन् ’कक्षपतिले भने ‘दशैलाई सहज बनाई मनाउन राहत मिलोस भन्ने अपेक्षाले दशैमा सहयोग गरिएको हो’ । दशैमा सहयोग पाएपछि दुःखीको ओठमा खुशी मिलेको प्रमुख कक्षपतिले बताए । प्यूठान नगरपालिका ४ का राजु वि.क.को लागि भने ५ हजार सहयोग गरिएको छ ।

खुट्टा भाचिएपछि आर्थिक अभावका कारण उपचार नपाएका उनलाई कोषबाट ५ हजार सहयोग पश्चात अस्पताल पू¥याइएको हो । दशैको मुखमा सहयोग पाउँदा खुशी लागेको प्यूठान गरपालिका –५ कीले जुठी देवी नेपाली बताइन । नगरप्रमुख कक्षपतिले प्रत्येक बर्ष सहयोग गर्दै आएका छन् ।

गत साउनमा गत बर्षको नगरपालिकाबाट आउने सेवा सुविधाको रकम सहयोग गरेका थिए ।भने यो पटक तिन महिनाको पारिश्रामीकबाट सहयोग गरेका हुन् ।

मेयरकोषमा कक्षपतिले प्रत्येक महिनाको तलव, वैठक भत्ता लगायतका सुविधाबाट प्राप्त रकमलाई गरिव दुःखीको लागि सहयोगको लागि भन्दै जम्मा गरेका छन् ।

निर्वाचनका समयमा नगरपालिकाको प्रमुख जिते कुनै सेवा सुविधा नलिने घोषणा गरेका कक्षपतिले त्यसको कार्यान्वयनको लागि र असहायको सहराको लागि पनि आफुले निरन्तर सहयोग गर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्