३३ किलो सुन तस्करीका आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा संयुक्त अरब इमिरेट्स (युएर्ई)बाट पक्राउ परेका बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल उपस्थित गराईने भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलको सहयोगमा श्रेष्ठलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो । सुनसरी ईटहरीका उनलाई हिजै साँझ मोरङ लगिएको छ ।

याे पनि पढ्नुस  ३३ किलो सुनकाण्डमा अर्को मोड, फरार एसएसपी खत्रीले गरे आत्मसमर्पण

बडा दसैंका कारण अदालतको नियमित काम बन्द भएकाले उनलाई दसैंपछि मात्र अदालत उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखिएको छ ।

श्रेष्ठ सुन तस्करका मुख्य नाईके चुणमणी उप्रेतीको सहयोगी भएको आरोप प्रहरीले लगाएको छ ।

कमेन्ट गर्नुहोस्