नेकपा सांसद सिंह भन्छन्, ‘अब काम नगर्ने ठेकेदारलाई कडा कारवाही हुन्छ’

बझाङ, असोज ३० । सांसद भैरव बहादुर सिंहले विकास निर्माणका काममा बदमासी गर्ने ठेकदारलाई कारवाही गरिने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङद्धारा सोमवार सदरमुकाममा आयोजित दसैंको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै यनले यस्तो बताएका हुन् ।

 

सांसद सिंहले भने, ‘जिल्लामा ठेक्का ओगट्ने तर समयमा काम सम्पन्न नगर्ने अब ठेकेदारलाई कानूनी दायरामा ल्याइने छ ।’ काम नगर्ने ठेकेदारले जिल्लाको विकास निर्माणको गतिलाई पछाडि धकेलेको भन्दै उनले आगामी दिनमा ठेकेदारहरुले इमान्दारीका साथ समयमै काम सम्पन्न गर्न सुझावसमेत दिए ।आइतवार गृह जिल्ला बझाङ पुगेकासांसद सिंहले जिल्लामा सञ्चालित विभिन्न योजना स्थलगत अनुगमन गरेका छन् ।

 

उनले जिल्लाको बित्थडचिर गाउँपालिका स्थित निर्माणधिन देउलेख प्राथमिक स्वास्थ्यचौकी भवन, बझाङमा विस्तार हुन लागेको राष्ट्रिय विद्युत् प्रशारण लाइन, झनाना, तमेल र पानकोट पक्की पुल लगायतका आयोजनाको स्थलगत अनुगमन गरेका हुन् । बझाङमा सञ्चालित अधिकांश ठूला लगानीका आयोजनाको काम समयमै नसकिदा अलपत्र अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्