नेपाली दूतावास कतारद्वारा दसैं विशेष कार्यक्रमको आयोजना

दोहा,असोज ३०। नेपाली राजदुतावास कतारले दसैंमा स्वदेश फर्किन नसकेका नेपाली कामदारलाई लछित गरि दसैं विशेष कार्यक्रमको आयोजना गरेको छ।

दूतावासले आउँदो शुक्रबार ऐन खालिद, दोहा स्थित आफ्नै भवनमा कतारमा रहेका नेपालीहरु बिच एक आपसमा सुभकामना आदानप्रदान तथा सामुहिक टीका ग्रहण कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ।

नेपालीहरुले महान चाडको रूपमा मनाउने विजयादशमी, तिहार एवं छठको सु-अवसर पारेर वैदेशिक रोजगारीका लागि कतार आएका नेपालीहरु बिच आपसी भाइचारा र एकतालाई कायम राख्न सामुहिक कार्यक्रमको आयोजना गरिएको दूतावास स्रोतले जानकारी दिएको छ।

 

कार्यक्रम बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म रहने हुदा सहभागी हुन दूतावासले कतारबासी नेपालीलाई अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्