नेकपाका तीन सांसदद्वारा प्रबासी नेपालीको समस्या बारे सदनमा आवाज उठाउने

दोहा,असोज ३०। नेकपाका तिन प्रतिनिधि सांसदहरु द्वारा प्रबासमा रहेका नेपालीहरुलाइ दशै, तिहार, छठ र ल्होसारको सामुहिक रुपमा शुभकामना दिदै प्रबासी नेपालीहरुको हरेक समस्यामा आफू, आफ्नो सरकार र सदन तिनै ठाउँबाट आवाज उठाउने र सहयोग गर्ने बताएका छन ।

सांसद सरिता गिरि, कलिला खान र चान्दतारा शेख लगायतले आफुहरु प्रवासी नेपालीको हक हितमा लागि पर्न प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रबासी नेपाली मजदुरहरुको हरेक समस्यामा आफ्नो साथ रहने प्रतिबद्धता जाहेर गर्दै सरिता गिरिले आफ्नो फेसबुकमा लेखेकी छिन “देशको अर्थतन्त्र थामिदिएका र आफ्नो घरपरिवार छोडेर बिदेशिकाहरुप्रति आफ्नो सधै सम्मान र हरेक समस्या आफू लड्न तयार रहेको प्रतिबद्धता जाहेर गर्दछु ।” साथै उनले दशै, तिहार, छठ र ल्होसारको शुभकामना दिदै दोहा कतारमा भर्खरै गठित पाँच राजनीतिक दल निकट संगठनका प्रतिनिधि र जिफन्ड कतारसहितको मजदुर मुक्ति अभियानलाई शुभकामना र साथ रहेको बताएकी छिन।

त्यस्तै सांसद कलिला खानले पनि प्रबासी नेपाली मजदुरहरुलाइ नेपाली समुदायको पर्वहरु दशै, तिहार, छठ र ल्होसारको शुभकामना दिदै प्रबासी नेपालीहरुको हरेक सुख दुःखमा आफ्नो तर्फबाट पार्टी र सरकार समक्ष हकहितको लागि लड्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।भने अर्कि सांसद चान्दतारा शेखले पनि  मजदुरहरुको हक, अधिकार, अलपत्र, घाइते, मृतक र ठगिमा परेका नेपाली प्रबासिहरुलाइ उद्दार तथा सहयाता गर्ने हिसाबले दोहा कतारमा गठित संयुक्त मजदुर अभियानलाई बधाइ दिदै प्रबासी नेपालीहरुको बिबिध समस्या बारे नेपाल सरकार र प्रतिनिधि संसदको हैसियतले बिदेशिएका नेपाली हरुको पक्षमा सधैं साथ दिने बताएकी छन् ।

प्रबासी नेपालीहरुको पक्षमा सदनमा बारम्बार आवाज उठाउदै आएकी सरिता कुमारि गिरिले आफू कुनैपनी हालतमा प्रबासी नेपालीहरुलाइ ठग्ने गिरोह, प्रती मौन नरहने भन्दै सदनमा चर्को आवाज उठाउने जानकारी दिएकी छिन।
गिरि नोभेम्बर पहिलो हप्ता देखि अरब र युरोप देशहरुको भ्रमण गर्दै छिन ।

कमेन्ट गर्नुहोस्