अब माध्यमिक तहमा पनि प्राविधिक विषय हुन्छः शिक्षा मन्त्री

बर्दिवास, असोज ३० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिक सत्रदेखि माध्यमिक तहबाट प्राविधिक विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरिने बताएका छन् ।

 

महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला परिवार (कम्युन)ले आज (मंगलबार) आयोजना गरेको दसैं तिहार, नेपाल संवत्, छठ र इद पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब यो लक्ष्य प्राप्त गर्न माध्यमिक तहदेखि नै आयुर्वेद, योग, कृषि, पशुविज्ञान र वनसम्बन्धी पाठ्यक्रम बन्ने जानकारी दिए ।

 

कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल र सहइञ्चार्ज विश्वनाथ साह, प्रदेशसभा सदस्य शारदा थापा, भरतप्रसाद साहलगायतले सम्बोधन गरेका थिए । -रासस

कमेन्ट गर्नुहोस्