द्रुतमार्ग निर्माणका लागि पहल भइरहेको छः सांसद भट्ट

काठमाडौं, असोज ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लेखराज भट्टले धनगढी-दिपायल द्रुतमार्ग निर्माणका लागि आफूले निरन्तर प्रयास जारी राखेको बताएका छन् । मंगलबार धनगढीमा गड्सेरा समाज धनगढीले आयोजना गरेको वडा दसैं तथा तिहारको शुभकामना आदान-प्रदान कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

यो पनि पढ्नुहोस्-
जंगल मास्न गोदावरीमा राजधानी होइन, वृक्षारोपण गर्न होः सांसद भट्ट

 

पूर्व वाणिज्य मन्त्रीसमेत रहेका भट्टले मानसरोवरसम्म जोड्ने सो द्रुतमार्गबारे सबै पक्षसँग पटक-पटक छलफल भइरहेकाले छिट्टै निर्माण कार्य प्रारम्भ हुने आश्वासन दिए । साथै, सांसद भट्टले आगामी दिनमा धनगढी-दिपायल द्रुतमार्ग मार्ग निर्माण कार्यलाई सम्पन्न गर्न निरन्तर लागी पर्ने प्रतिवद्धतासमेत जनाए ।

यो पनि पढ्नुहोस्
पूर्वमन्त्रीको भट्को अपिल-‘रविलाई नेपाल आइडल बनाउन सबैले भोट गर्नुस्’

 

पुख्र्यौली घर डोटीको गड्सेरा रहेकाले आफूले त्यहाँको विकासका लागि पहल गरिरहेको सांसद भट्टले स्मरण गराए । उनले भने,‘मेरो घर पनि गड्सेरा हो, त्यहाँका समस्या समाधान गर्ने दायित्वमा ममा पनि छ, त्यसकारण त्यहाँका हरेक समस्या समाधान गर्न निरन्तर लागि रहने छु ।’

कमेन्ट गर्नुहोस्