काठमाडौं बन्यो सुनसान, बाहिरिए २२ लाख यात्रु

काठमाडौं, असोज ३१ । काठमाडौं उपयकाबाट दसैं मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो संख्यामा यात्रु बाहिरिएका हुन् ।

 

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनार्इ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौंबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए ।

 

दसैंभर काठमाडौंबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ । काठमाडौंबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौंको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौंका प्रायः सडक र पसल सुनसान देखिएका छन् । -रासस

कमेन्ट गर्नुहोस्