चितवनमा ट्याङकर र भ्यान ठोक्किएः २ जनाको मृत्यु, ७ जना घाइते

चितवन, असोज ३१ । चितवनको कुरिनटारमा गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

 

चितवनबाट धादिङका लागि छुटेको बा १ घ ५६५ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको ग २ च १७ ५१ नम्बरको भ्यानलाई मनकामना केवलकारको गेटनजिकै ठक्कर दिंदा ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेको भरतपुरमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्