अफगानिस्तान प्रिमियर लीगः सन्दिप खेल्दै, लाइभ कसरी हेर्ने ?

काठमाडौं, असोज ३१ । जारी अफगानिस्तान प्रिमियर लीग (एपिएल) टि-२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम नगरहर लिओपार्डसले आज (मंगलबार) आठौं खेल खेल्दैछ ।

 

उसले आज क्रीस गेल रहेको बल्खा लिजेन्डससँग खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुँदैछ । सन्दीपको टिमले यसअघि खेलका सात मध्ये २ खेलमा मात्र जित हासिल गर्न सफल भएको छ । र, अंक तालिकाको चौंथो स्थानमा छ ।

 

नेपाली लेग स्पिनर सन्दीपले पहिलो खेल खेल्न नपाए पनि दोस्रो खेलमा भने उनले स्थान पाए । सो खेलमा उनले महत्वपूर्ण २ विकेट लिन सफल भए । यद्यपि खेल भने जित्न सकेन ।

 

हिजोको खेलमा कन्दहर नाइट्ससंग अन्तिम ११ मा मौका नपाएका सन्दिप लामिछानेले दोश्रो खेलमा भने मौका पाएका थिए । पहिलो खेलमा शानदार प्रदर्शन गरेका सन्दीपले आज पनि खेल्न पाउने लगभग निश्चित जस्तै छ ।

 

खेलको प्रत्यक्ष प्रशारण भारत लगायत दक्षिण एसियाली देशहरु मा डी-स्पोर्ट च्यानलले गरिरहेको छ। यस्तै युट्युबमा cricingif ले पनि खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

 

मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ खेलेर सन्दीप त्यहिँबाट युएई पुगेका थिए ।

 

आइपीएलमा २० लाख भारू आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिात खेल्न भ्याइ नभ्याई रहेको छ।

 

आईपीएलपछि ग्लोबल टी-२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक पाएका थिए ।

 

अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ। खेलेर सन्दीप त्यहिँबाट युएई पुगेका थिए ।

 

आइपीएलमा २० लाख भारू आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिता खेल्न भ्याइ नभ्याई रहेको छ।

 

आईपीएलपछि ग्लोबल टी-२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक पाएका थिए ।

 

अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ।

कमेन्ट गर्नुहोस्