एपीएलः टस हारेर सन्दिपको टिम बलिङ गर्दै, आज जित्नै पर्ने दबाब ! [LIVE]

काठमाडौं, असोज ३१ । यूएईमा जारी अफगानिस्तान प्रीमियर लीग (एपिएल) अन्तर्गत सन्दिप लामिछानेको टिम नगरहर लिओपार्डसले आज टस हारेर बलिङको निम्तो पाएको छ । आज (बुधबार) सन्दिपको टिमले बल्ख लेजेन्ड्ससँग खेल्दै छ ।

 

अघिल्लो खेलमा पक्तिया प्यान्थर्ससँग टिम भने ७ विकेटले पराजित हुन पुगेको नगरहरलाई सेमी-फाइनल पुग्न मोहम्मद नबि कप्तानीको बल्ख लेजेन्ड्स बिरुद्ध जित अत्यन्त आवस्यक रहेको छ।

 

सहभागी ५ टिम मध्ये ४ टिम सेमीफाइनल प्रवेश गर्ने हुँदा आजको खेल जिते नगरहरको सेमीफाइनल यात्राको सम्भावना बाँकी रहने छ। अंकतालिकाको चौथो स्थानमा रहेको नगरहरले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने पाँचौ स्थानमा रहेको कन्दहारले भने ६ खेलमा १ जित र ५ हार बेहोरेको छ।

 

नेपाली लेग स्पिनर सन्दीपले पहिलो खेल खेल्न नपाए पनि दोस्रो खेलमा भने उनले स्थान पाए । सो खेलमा उनले महत्वपूर्ण २ विकेट लिन सफल भए । यद्यपि खेल भने जित्न सकेन ।

 

हिजोको खेलमा कन्दहर नाइट्ससंग अन्तिम ११ मा मौका नपाएका सन्दिप लामिछानेले दोश्रो खेलमा भने मौका पाएका थिए । पहिलो खेलमा शानदार प्रदर्शन गरेका सन्दीपले दोस्रो खेल खेल्न पाएका सन्दिपले आज भने स्थान पाउन सकेका छैनन् ।

 

खेलको प्रत्यक्ष प्रशारण भारत लगायत दक्षिण एसियाली देशहरु मा डी-स्पोर्ट च्यानलले गरिरहेको छ। यस्तै फेसबुक पेजमा cricingif ले पनि खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

 

मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ खेलेर सन्दीप त्यहिँबाट युएई पुगेका थिए ।

 

आइपीएलमा २० लाख भारू आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिात खेल्न भ्याइ नभ्याई रहेको छ।

 

आईपीएलपछि ग्लोबल टी-२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक पाएका थिए ।

 

अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ। खेलेर सन्दीप त्यहिँबाट युएई पुगेका थिए ।

 

आइपीएलमा २० लाख भारू आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिता खेल्न भ्याइ नभ्याई रहेको छ।

 

आईपीएलपछि ग्लोबल टी-२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक पाएका थिए ।

 

अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ।

कमेन्ट गर्नुहोस्