खुकुरी प्रहार गरी श्रीमतीको हत्या

प्युठान, असोज ३१ । जिल्लाको झिमरुक गाउँपालिका २ डाँडाचौरमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

 

४९ वर्षिय काले सामतले ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या गरेका जिल्ला प्रहरी प्रमुक प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

 

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी झगडाले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

कमेन्ट गर्नुहोस्