सडक दुर्घटनामा ३ को मृत्य ४ घाइते

धादिङ, असोज ३१ । चितवनको इच्छाकामना अन्तर्गत पर्ने  पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

यहाँ केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्करमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते चार जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । दुबै सवारी एकापसमा ठक्कर ठोक्किँदा दूध बोक्ने ट्याङ्कर भने सडकबाट करीब १०० मिटर तल खसेको थियो ।
रासस

 

कमेन्ट गर्नुहोस्