एपिएलः सन्दिपको टिम ६ विकेटले विजयी, जितसँगै सेमिफाइनलमा प्रवेश

काठमाडौं, असोज ३१ । यूएईमा जारी अफगानिस्तान प्रिमियर लीग (एपिएल) अन्तर्गत आठौं खेलमा सन्दिप लामिछानेको टिम नगरहर लिओपार्डस ६ विकेटले विजयी भएको छ ।

 

बल्ख लेजेन्ड्सलाई ६ विकेटले हराउँदै सन्दिपको टिम विजयी भएको हो । टस हारेर बलिङको निम्तो पाएको सन्दिपको टिम लिओपार्डसले बल्ख लेजेन्ड्सलाई १३३ रनमा रोकेको थियो । लेजेन्ड्सका लागि रवि बोपाराले सर्वाधिक ३५ रन बनाए । बलिङ लिओपार्डसका नविन उल, फजल निजागी र जाहिर खानले समान दुई-दुई विकेट लिए ।

 

यस्तै, राहतम शाहले एक विकेट लिन सफल भए । आज सन्दिपले भने खेल्न पाएनन् । सातौं खेलमा खेल्न पाएका सन्दिपलाई आज नखेलाइएको हो । उता क्रिस गेल पनि बल्खको लागि आज खेलीरहेका छैनन्। टसको क्रममा टिम कप्तान बेन कटिङले आज ब्याटिङमा धेरै ध्यान दिएर अन्तिम-११ चयन गरेको बताएका छन् ।

 

१३७ रनको लक्ष्य पाएको नगरहर लिओपार्डसले १७ बल अघि नै लक्ष्य भेटायो । उसका लागि आन्द्रे फेलेक्चरले सर्वाधिक ४८ रनको योगदान दिए । बलिङमा लेजेन्ड्सका क्विस अहेमदले ३ र गलबान्डीन नाबीले एक विकेट लिन सफल भए । बुधबारको जितसँगै सन्दिप आवद्ध टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अन्तिम खेलमा नगरहरले खराब ब्याटिङ गरेको थियो र १२६ रन मात्रै बनाउन सकेपछि ७ विकेटको हार बेहोरेको थियो।

कमेन्ट गर्नुहोस्