मन्त्री मण्डलमा महिलाको प्रतिनिधित्व आधा, शक्तिशाली मन्त्रालय पनि महिलाकै मातहत

अफ्रिकी देश इथियोपियाका प्रधानमन्त्री आबी अहमदले आफ्नो मन्त्री परिषदमा आधा सङ्ख्यामा महिलाहरुलाई नियुक्त गरेका छन् ।

यसमा देशमै महत्वपूर्ण मानिने रक्षामन्त्रीको पद समेत महिला नेता आयेशा मोहम्मदलाई दिइएको छ ।

संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री अहमदले महिलाहरू कम भ्रष्ट हुने र उनीहरू देशमा शान्ति र स्थिरता ल्याउन सहोग गर्ने बताए ।

यस अघि अर्को अफ्रिकी देश रुवाण्डामा पनि मन्त्रीपरिषदका आधा सदस्य महिला नियुक्त भएका छन् ।

यसका साथै आबी अहमदले मन्त्रीहरूको सङ्ख्या २८ बाट घटाएर २० बनाएका छन् ।

यसै वर्ष अप्रिलमा देशको बागडोर सम्हाले यता अहमदले थुप्रै सुधारवादी कदम उठाएका छन् ।

साथै उनले छिमेकी देश इरिट्रियासँग दुई वर्षदेखि जारी संघर्ष समेत अत्य गरेका छन् ।

यसका साथै मोहम्मदले देशको अर्थव्यवस्थामा सरकारको नियन्त्रण समेत कम गरेका छन् ।

यति मात्र हैन उनले हजारौँ राजनैतिक बन्दीहरूलाई समेत रिहा गरेका छन् ।

भर्खर देशको पहिलो महिला मन्त्रीको रूपमा नियुक्त आयशा मोहम्मद यस अघि निर्माण मन्त्रालयको जिम्मेवारीमा थिइन् ।

त्यस्तै संसद की पूर्व अध्यक्ष समेत रहेकी मुफेरियात कामिल देशकै पहिलो ग्रिह मन्त्री समेत बनेकी छिन् । उनीसँग देशको गुप्तचर विभाग र सुरक्षा एजेन्सीका साथै सङ्घीय प्रहरीको समेत जिम्मेवारी रहनेछ ।

लामो समय अशान्त रहेको इथियोपियामा शान्ति बहाल गर्न महिलाहरूको भूमिका महत्वपूर्ण रहेको आबी अहमदले बताएका छन् ।

इथियोपियाका तत्कालीन प्रधानमन्त्री हालेमरियम देसालेनले अचानक राजीनामा दिएपछि ४२ वर्षीय अहमद अप्रिलमा देशका प्रधानमन्त्री बनेका हुन् ।

इथियोपियाको ओरोमो समुदायबाट प्रतिनिधित्व गर्ने आबीको नेतृत्वमा संस्थान र सरकारमा बढी प्रतिनिधित्वको लागि तीन वर्ष लामो विरोध प्रदर्शन भएको थियो ।

आबी भरोसे और एकजुटता की अपील करते हुए लोगों से एक दूसरे के ज़ख़्म भरने का आह्वान करते हैं.

प्रधानमंत्री बनने के बाद से इथियोपिया के अधिकतर लोगों ने आबी मोहम्मद का स्वागत किया है.

कमेन्ट गर्नुहोस्