श्रमिकको न्युनतम पारिश्रमिक कम भएको भन्दै मलेशियामा प्रदर्शन

मलेशिया,कार्तिक १। मलेशियामा कार्यरत श्रमिकले पाउने मासिक पारिश्रमिक रकम वृद्धि कम भएको भन्दै बुधबार मलेशियाको राजधानी क्वालालम्पुरमा प्रदर्शन भएको छ।

मलेशियन सरकारले केहि समय अघि श्रमिकको
मासिक न्यूनतम तलवप्रतिमहिना १ हजार ५० बनाउने निर्णय गरेको  विरोधमा संसद अगाडी  प्रदर्शन गरिएको स्थानीय संचारमाध्यमले जनाएका छन।
प्रदर्शनमा सहभागिहरुले मासिक ५० रिंगिट बृद्धिगर्ने
सरकारको निर्णयको विरोध गरेका हुन।
सरकार को निर्णय अनुसार बृद्धिहुने तलव आगामी  जनवरि १ तारीख बाट लागू हुने बताइएको छ।

प्रदर्शनका सहभागिहरुले बोकेको प्लेकार्डमा मासिक ५० रिंगिट बृद्धि लज्जाजनक भएको भन्दै सरकारले मजदुरका समस्या प्रति ब्यवास्था गरेको लेखेका थिए। यसैगरी सरकारलाई पुरानो निर्णय परिवर्तन गर्न र उचित ज्याला बृद्धि गर्न समेत माग गरिएको प्लेकार्ड समेत  प्रदर्शन गरिएको थियो ।

मलेसियाको स्थानीय यूनियन अन्तर्गतको एमआरसि लगाएको समेत सहभागीता भएको सो सोप्रदर्शनमा संशाधन मन्त्री एमकुलासेगरनलाई ज्ञापनपत्र समेत बुुुझाइएको थियो।
मलेसियन सरकारले तीन बर्ष अघि मासिक तलबमा वृद्धि गरि १ हजार रिंगट पुर्याएको थियो ।

कमेन्ट गर्नुहोस्