महिलालाई मन्दिर प्रवेशकाे बिराेधमा १२ घण्टे राज्यव्यापी हडतालकाे घाेषणा, माेदीकाे पार्टी समेत हडतालकाे समर्थनमा

केरला । केरलामा महिलाहरुले सबरीमाला मन्दिर प्रवेश गर्न खमेजेकाे घटनामा प्रहरी हस्तक्षेप भएपछि घटनाले नयां माेड लिएकाे छ। महिलाहरुलाई जबर्जस्ती प्रवेश दिएकाे बिराेधमा सबरीमाला संरक्षण समितिले १२ घण्टे राज्यव्यापी हडतालकाे घाेषणा गरेकाे छ ।

अचम्म त के छ भने केन्द्रमा सत्तारूढ भारतीय जनता पार्टी, अन्तरास्ट्रिय हिन्दू परिषद र स्थानीय संगठनले हडतालकाे समर्थन गरेका छन । कतिपय क्षेत्रमा धारा १४४ अन्तर्गत निषेधाज्ञा जारी गरिएको छ । भगवान अयप्पाकाे मन्दिरमा महिलाहरु प्रवेश गर्न खाेजेपछि भएकाे संघर्षमा प्रहरीले हस्तक्षेप गरेर कैयन भक्तहरुमाथि कुटपिट भएकाे अाराेप छ ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो। भारतको सर्वोच्च अदालतले दक्षिण भारतीय राज्य केरलास्थित सबरीमाला मन्दिरमा प्रवेश गर्न महिलालाई निषेध गर्न नहुने फैसला सुनाएपछि महिलाहरुले प्रवेश गर्न खाेजेका थिए ।

साे काे बिराेधकम हिन्दुहरु उत्रिएपछि बुधबार ठूलाे झडप भएकाे थियाे । रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाहरूले धार्मिक कृत्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न पाउँदैनन्। सो परम्पराबाट लैङ्गिक भेदभाव भएको भन्दै एउटा मुद्दा परेपछि अदालतबाट सो आदेश आएको हो।

रजस्वला नभएका महिलाले अधिकांश मन्दिरमा प्रवेश पाउने भए पनि सबरीमाला र अन्य केही मन्दिरमा भने निश्चित उमेरका महिलाहरूलाई प्रवेश गर्नै दिइँदैनथ्यो। निर्णय सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ‘प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ‘धर्मको अनुसरण गर्ने अधिकार महिला पुरुष दुवैलाई भएको’ बताएका थिए।

 

केरला सरकारले भने अारएसएस लगायतका संस्थाले नै हिंसा मच्चाएकाे अाराेप लगाएकाे छ । सबरीमाला भगवान् अयप्पाको मन्दिर हो। उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ। सो मन्दिरमा प्रत्येक वर्ष दशौँ लाख भक्तहरू जान्छन्।

मन्दिरभित्र प्रवेश गर्न १८ वटा खुड्किला चढ्नुपर्छ। एकचालीस दिनसम्म कठोर व्रत नबसी ती खुट्किला चढ्न सकिँदैन भन्ने मान्यता भएको मन्दिरको वेब्साइटमा उल्लेख छ।

मन्दिरभित्र प्रवेश गर्न भक्तजनले केही नियम पालना गर्नुपर्छ। सबरीमालाजाने तीर्थयात्रीले कालो वा नीलो वस्त्र लगाउँछन्। तीर्थयात्रा सम्पन्न नभएसम्म दाह्रीजुँगा वा केश काट्न पाइँदैन

कमेन्ट गर्नुहोस्