लागूऔषधसहित श्रीमान-श्रीमती पक्राउ

रुपन्देही, कार्तिक १ । अवैध लागूऔषधसहित बुधबार रुपन्देहीमा एक दम्पती पक्राउ परेको छ । भारतबाट अबैध लागूऔषध नेपाल भित्र्याएको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-२, का २५ वर्षीय ओमप्रकास हरिजन र उनकी श्रीमती २४ वर्षीया गोडिया हरिजन पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

सीमावर्ती क्षेत्र मेउडिहवाबाट पक्राउ परेका उनीहरुबाट प्रहरीले डाइजेपाम, फेनारगन र नुफीन बरामद गरेको छ । मोटरसाइकलको पछाडि बसेकी गोडियाले आफनो ब्यागमा लुकाएर ल्याएको अवस्थामा त्यति परिमाणको लागूऔषध बरामद भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्