विद्यार्थीद्वारा कलेजमा अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

एजेन्सी । अन्धाधुन्ध गोली प्रहार हुँदा युक्रेनको क्षेत्र क्राइमियाको एक क्याम्पसमा कम्तिमा १९ जनाको ज्यान गएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षका विद्यार्थीले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

 

त्यसपछि उनले आफैमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अनुसन्धानकर्ताले बताए । घटनामा अरु धेरै विद्यार्थी घाइते भएका छन् । घटनास्थलमा कम्तिमा एउटा बिस्फोट पनि भएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणको कारण खुलेको छैन ।

 

क्राइमियामाथि सन् २०१४ मा रुसले कब्जा जमाएको हो । यसको अधिकांश पश्चिमा शक्तिले विरोध गरेका थिए । क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहार सम्बन्धी घटनाको अनुसन्धान भइरहेको छ । १८ वर्षका विद्यार्थी भ्लादिस्लाभ रोसल्याकोभ कक्षा कोठा कोठामा पुगेर अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

 

उनले कलेजको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए । आक्रमणकारीले पुस्तकालयमा पुगेर आफूमाथि गोली हानेका थिए ।

कमेन्ट गर्नुहोस्