मन्त्रीले नै निर्देशन दिएपछि धनगढीका लागि उड्यो रद्द उडान [भिडियो सहित]

काठमाडौ, कार्तिक १ । राज्य नियंत्रित नेपाल एयरलाइन्सकाे उडान व्यवस्थापनमा देखिएकाे समस्याका कारण दर्जनाैं यात्रुले सास्ती भाेग्नु परेकाे छ ।

नेपाल एयरलाईन्सकाे नियमित तालिका अन्तर्गत अाज (बिहीबार) बिराटनगर, नेपालगन्ज र धनगढीका लागि तय भएका तीनवटै उडान हुन नसक्ने जानकारी पाएपछि यात्रुहरु विचल्लीमा परे ।

एयरलाइन्सका कर्मचारीले भने जहाजमा प्राविधिक खराबीका कारण उडान हुन नसक्ने जानकारी दिएपछि दशैंकाे मुखमा घर जान नपाइने त्रास बढेकाे थियाे ।

कतिपय यात्रुहरुले उडान रद्द भए टिकटवापतकाे पैसा दिन माग गरेर विमानस्थलकाे कार्यालय घेराउ समेत गरे । तर माथिकाे अादेश चाहिने भन्दै कर्मचारीहरुले फिर्ता गरेनन ।

धागढीका लागि उडानकाे समय बिहान १०ः२५ भएपनि जहाज नउडेपछि एयरलाईन्सका उच्च कर्मचारीलाई सम्पर्क गर्न खाेजे तर लेखा शाखा बाहेक अन्य काेठामा काेही उपस्थित थिएनन् ।

तल्लाे तहका कर्मचारीकाे भनाई थियाे- निगम डुबाउने भए । लुक्ला जानुपरे हाकीमहरु बिहान ३ बजे अाईपुग्छन् । अहिले यस्ताे सास्ती हुँदा पनि उनीहरु गायब छन् । अात्तिएका केही यात्रीले भने फिर्ता पैसा पाउने या नपाउने दाेधारमा नै अन्य नीजि कम्पनीका उडानका लागि टिकट सुरिक्षत गरे ।

अचम्म त के भयाे भने नीजि कम्पनीहरुले नेपाल एयरलाईन्सकाे जहाज रद्द हुनसक्ने थाहा पाउने बित्तिकै भाडा दाेब्बर पारे । ११ नबज्दासम्म धनगढीका लागि बुद्ध र श्री एयरलाईन्समा ५५ सय भन्दा कमकाे टिकेट उपलब्ध थियाे । तर १० मिनेट नबित्दै भाडा बढेर १० हजार माथि पुग्याे ।

यता यात्रुहरुकाे अाक्राेश चर्किदाे थियाे । र, यही बीचमा पर्यटन मन्त्रीसँग कुरा पुगेपछि भने स्थिति फेरियाे । मन्त्रीलाई एभरेष्टदैनिक डटकमका प्रतिनिधिले फाेन गरेर दर्जनाै यात्रु अलपत्र परेकाेले तत्काल पहल गर्न अनुराेध गरेका थिए ।

मन्त्रीले लगत्तै मातहतका निकायका पदाधिकारीलाई कुनै पनि अवस्थामा यात्रुहरुले सास्ती पाउन नहुने भन्दै जहाज सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । उता विमानस्थलका पदाधिकारीले भने प्राविधिक खराबी देखिएकाे र मर्मतमा लागेकाे जानकारी मन्त्रीलाई दिएका थिए ।

“यात्रुले दशैंकाे मुखमा दुख पाउनु भएन ।” मन्त्रीकाे भनाई उदृत गर्दै निगमका एक कर्मचारीले भने, “वैकल्पिक व्यवस्था गरेर भए पनि यात्रुलाई गन्तव्यमा पुर्‍याउनुस् ।”

मन्त्रीले पहल लिएकाे १० मिनेट नबित्दै २ घण्टादेखि खाली रहेकाे कार्यकक्षमा विमानस्थलकाे जिम्मेवारी बाेकेका निगमका कर्मचारी देखा परे ।

उनीहरु अाक्राेशित यात्रुहरुकाे घेराबन्दीमा पर्नु स्वभाविकै थियाे । र, याे सँगै यसअघि टिकेट फिर्ताकाे पैसा तत्काल नपाइने भनेर यात्रुहरुलाई थप तनाव दिईरहेका कर्मचारीले क्यान्सिल गर्न चाहने यात्रुलाइ धमाधम पैसा फिर्ता दिन थाले ।

याे मन्त्रीकाे निर्देशनकाे प्रभाव थियाे । नेपालगन्ज र बिराटनगरकाे उडान रद्दकाे घाेषणा भने भइसकेकाे थियाे । बिराटनगरका यात्रुहरुलाई चेकइनपछि सबै सुरक्षा जाँच सकेर पनि फिर्ता पठाइएकाे अवस्थामा मन्त्रीकाे निर्देशनमा बाँकी रहेकाे धनगढीकाे उडान भन सुचारु गर्न कर्मचारी लागे ।

लामाे कसरतपछि धनगढीका यात्रुहरुकाे चेकईन भएकाे थियाे । विमानमा के कस्ताे किसिमकाे प्राविधिक खराबी हाे भनेर निगमका प्रवक्तासंग निकै सम्पर्क गर्दापनि उनले फाेन उठाएनन् ।

याे सबै कर्मचारी र माफियाहरुकाे घेराबन्दी नै हाे । चिर्न सजिलाे छैन । तर प्रयास अावश्यक छ । अाशा राखाैं

Posted by Gokarn Bhatt on Thursday, 18 October 2018

कमेन्ट गर्नुहोस्