रक्सी खाँदा एक जनाको मुत्यु

गोरखा, कार्तिक १ । अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका-१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ । यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्