स्पेनमा नेपाल पर्यटन प्रबर्दन साँझ तथा दसैं-तिहार कार्यक्रमको आयोजना

बार्सिलोना, कार्तिक १। गैर आवासीय नेपाली संघ स्पेनले हरेक बर्षझैँ यसपालि पनि नेपाल पर्यटन प्रबर्दन साँझ तथा दसैं तिहार विशेष शुभकामना आदान-प्रदान कार्यक्रम २०१८” को आयोजना गरेको छ।

आगामी सनिवार बार्सिलोनाको कल्ली मरिना सागर्दा फामलिइअमा चर्च अगाडि दिनको २ बजे देखि बेलुका ८ बजे सम्म कार्यक्रम संचालन गरिने गैर आवासीय नेपाली संघ स्पेनका प्रवक्ता हिरालाल सापकोटाले जानकारी दिएका छन्।

कार्यक्रममा नेपालमा पर्यटन प्रवर्द्धनका लागी बिभिन्न नेपाली संस्कृति झल्कने गित,नाच साथै बिशेष गरी नेपाली पंचे बाजाको पनि आकर्षण रहेको हुँदा यसपालि बिगतभन्दा कार्यक्रम रोचक र भब्य हुने आयोजकले जानकारी दिएको छ।

स्पेनमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधि,पत्रकार व्यावसायि तथा स्पेनवासी नेपालीको बाक्लो उपस्थिति रहने उक्त कार्यक्रम बाट नेपालमा पर्यटन भित्र्याउन ठुलो सहयोग पुग्ने आयोजकको भनाइ छ।

कमेन्ट गर्नुहोस्