युएईमा भिजिट भिसा सम्बन्धि नयाँ नियम समय थप गर्न देश छाड्नु नपर्ने

युएई,कार्तिक१। युएई सरकारले भिजिट भिसामा ६० दिन थप गर्न सकिने नयाँ नियम जारी गरेको छ ।

अक्टोबर २१ बाट लागु हुने गरी भिजिट भिसामा एक पटकमा ३० दिन गरी बढीमा २ पटक अर्थात ६० दिन भिसा थप गर्न पाइनेछ। नयाँ नियम लागुभए पछि पहिलेको जस्तो भिसा थप गर्न अन्य कुनै देशमा जानुपर्ने बाध्यता अब हट्ने छ । युएईले हाल ३०  दिन र ९० दिनको गरि २ किसिमको भिजिट भिसा जारी गर्ने गरेको छ ।

भिसा थप गर्दा  एक पटकमा ३० दिन मात्र थप हुनेछ  ३० दिनको भिसा भएबढीमा ९० दिन र ९० दिनको भिसा भए बढीमा १५० दिनसम्म युएई बस्न पाईनेछ ।
त्यसैगरी युएईमै १२ कक्षासम्म अध्ययन गरेका विद्यार्थीहरुको लागि पनि युएई सरकारले एकबर्षको भिसा उपलब्ध गराउने भएको छ। त्यसको लागि भिसा निकाल्न कुनै स्पोन्सर नचाहिने र सरकार आफैले भिसा दिने गल्फ न्युजमा खबर छ।

युएई सरकारले सम्बन्ध बिच्छेद गरेका र एकल महिलाहरुको लागि पनि एक बर्षको भिसा सुबिधादिने भएको छ पहिलेको कानुन अनुसार श्रीमानको भिसामा
हुनेहरुले सम्बन्ध बिच्छेद वा श्रीमानकोमृत्‍यु भएमा देश   छोड्नु पर्ने हुन्थ्यो ।
तर यसरी नयाँ भिसा लिन भने एकल वा बिधवा महिलाले सबै कागजात पेस गर्नुपर्ने प्रावधान रहेकोे छ।

नयाँ कानुनले उनिहरुलाई थप एक बर्ष बस्न कुनै
स्पोन्सर नचाहिने भएको छ ।एकल तथा बिधवा
महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउन नयाँ नियम जारी गरिएको युएई सरकारले बताएको छ।
भिजिटका लागि युएई आउने पार्यटकले नयाँ भिसा लगाउन समस्या नहोस भनेर सहजताको लागि यस्तो नियम ल्याइएको जानकारी दिएका छन।
सरकारको यस्तो नियमले पर्यटकलाइ फाइदा पुग्ने भएपनि दलालहरुले भने नेपाली लाई विभिन्न प्रलोभनमा पारी ठग्ने सम्भावना अझै बढेको देखिन्छ।

कमेन्ट गर्नुहोस्