शहिद परीवारको घरमा पुगेर दशै मनाउदै राज्य मन्त्री चौधरी

सुनसरी,कार्तिक १।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले यसपटकको दशै सहिद , बेपत्ता आपाङ्ग घाइते र कार्यकर्ताहरु सङ्ग भेटघाट गर्दै मनाउने भएकी छन।

दश बर्षे जनयुद्धमा आफ्नै माइली बहिनी श्याम कुमारी चौधरी “दर्पना “लाई गुमाउन पुगेकि चौधरीले सहिद परिवारको पीडामा आफू एक्लै रमाउन नसक्ने भन्दै उनिहरुकै परिवारका सदस्य संग भेटघाट गरेर दशै मनाउने बताएकी छन।“आफू पनि सहिद परीवार भएकोले सहिद बेपत्ता परीवारको पीडा म लाई राम्रै सङ्ग थाहा छ मन्त्री चौधरीले भनिन”अरु बेला भन्दा चाड पर्वको बेला परीवारहरुले आफ्ना गुमाएका आफन्तहरुलाइ बढी नै सम्झिना हुदो रहेछ। मैले महसुस गरेको छु ।

त्यसैले पनि दशै बिदा भर सहिद बेपत्ता परीवारहरुलाइ भेटघाट गर्दै दुख सुख बढाने निर्णय लिएको छु राज्य मन्त्री चौधरीले बताइन । अहिले सम्म २६ परीवारहरु सङ्ग भेटघाट गरेको र ६० परीवार सङ्ग भेटने लक्ष्य लिएको छु मन्त्री चौधरीले बताइन ।

सहिद परीवारहरु सङ्ग भेटदा सबैले राम्रो काम गर्नु सहिदको सपना पूरा गर्नु भनेर सुझाव दिएका छन्। सहिदको अपमान हुने काम म बाट हुदैन हजारौंको बलिदान खेर जानु हुदैन म आफ्नो कर्तब्य प्रती दृढता पुर्बक लाग्नेछु मन्त्री चौधरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्