युएईमा ४१ लाख ठगी गरी एक नेपाली फरार, पासपोर्ट धितो राखेर भारतीयसँग ऋण

युएई,कार्तिक १। युएईमा नेपाली र भारतीय नागरिक संग झन्डै ४१ लाख रुपैयाँ ठगी गरि अर्घाखाँचीका सुवास थापा फरार भएका छन्।

नेपाल बाट रोजगारीका लागि भन्दै सेटिङ मार्फत चर्को रकम बुझाएर भिजिट भिसामा युएई आएका नेपाली देखि मेनपावरका प्रतिनिधि सम्म लाई भिसा उपलब्ध गराउछु भन्दै रकम ठगी गरेर थापा फरार भएको पीडितले जानकारी दिएका छन्।

युएईमा लामो समय देखि बस्दै आएका थापाले भिजिट भिसामा आएका नेपाली संग काम लगाइदिन्छु भन्दै अन्तर्वार्ताको लागि बोलाउने र नक्कली अफर लेटर दिएर रकम असुल गरि फरार हुने गरेको पीडित मध्यका एक बुटवलका युवराज बिस्वकर्माले बताएका छन्।

यस्तै भारतीय नागरिक सुब्बा चक्रवर्तीसंग केहि समयमा फिर्ता गर्छु भनेर लिएको १० लाख रुपैयाँ समेत फिर्ता नगरी थापा फरार भएको बताएका छन्। आफ्नो रुममा संगै बस्ने साथी भिसाको कारोबार गर्न रहेछ बिश्वास गरेर दिएको उसले आफ्नो पासपोर्ट समेत जमानतमा राखेको छ । तर पासपोर्ट नै छोडेर नेपाल गएको थाहा पाएपछि प्रहरीलाई उजुरी दिएको थिए । देश छोडेर भागिसकेको हुँदा प्रहरीले पक्राउ गर्न सकेन अब युएई आयो भने पक्राउ पर्नेछ चक्रवर्तिको भनाइ छ।

यता मेनपावरका कर्मचारी समेत रहेका गोबिन्द थापाले भने भिसाको लागि १६ लाख रुपैयाँ बुझाएको भएपनि सुवासले भिसा दिन नसकेको र बुझाएको रकम समेत फिर्ता नगरी फरार भएको बताएका छन्। उ संग नेपाली र भारतीय पासपोर्ट साथमा थियो तर पनि पासपोर्ट प्रयोग नगरी दूतावासबाट आउट पास बनाएर नेपाल भागेछ। घटना बारे दूतावासलाई जानकारी गराएका छौ पक्कै अब नेपालमा पक्राउ पर्छ थापाको भनाइ छ।

सुरुमा राम्रो काम गरेको हुँदा बिश्वास लाग्यो र ११ जनालाई युएई ल्याउन भिसाको कुरा गरिएको थियो पैसा बुझाइयो तर भिसा आएन त्यसपछि बुझ्न आफै युएई आएको धेरै लाई ठगेको रहेछ यहाँ आएर बुझियो थापाले बताएका छन्।

यसरी ठगिनेमा भिजिट भिसामा युएई आएका असिम अर्याल ,युवराज बिक ,खुमराज पौडेल ,सन्जिब रोकाय ,यम बहादुर बिक लगायत रहेका छन्। उनिहरु सबैसँग प्रतिब्यक्ति २० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म ठगी गरेको पीडितको आरोप छ।

कमेन्ट गर्नुहोस्