नेपालका सडक बालबालिकालाई सहयोग गर्न युएईबाट अभियान सुरु

युएई,कार्तिक २। नेपालका विभिन्न जिल्लामा रहेका सडक बालबालिकालाई जाडोमा न्यानो कपडा बितरण गर्न उदेश्य सहित युएईमा आर्थिक संकलन अभियान सुरु गरिएको छ।

सामाजिक संजाल (फेसबुकमा) निर्माण गरिएको “नेपाली इन युएई” नामक फेसबुक ग्रुप मार्फत सडक बालबालिकालाई सहयोग गर्न अभियान संचालन गरिएको अभियानका संयोजक महेस थापाले जानकारी दिएका छन।

९ बर्ष अघि निर्माण गरिएको उक्त ग्रुपमा ४७ हजार सदस्य छन भने अभियानले एक सदस्य बराबर कम्तीमा “एक कप चिया “बराबरको सहयोग (नेपाली २० रुपैयाँ ) भन्ने अभियान सन्चालन गरेको छ।

याे पनि पढ्नुस  युएईमा एटीएम कार्ड सम्बन्धि नयाँ नियम,इमिरेट्स आइडी अद्यावधिक नगर्दा सम्म कारोबार बन्द

विशेषगरी युएईमा कार्यरत नेपालीहरुलाई रोजगारीको अवसर,युएईको नियमकानुन र गतिविधि लगायत विविध जानकारी गराउदै रोजगारीका लागि युएई आउन चाहानेका जिज्ञासा् र प्रस्नको उत्तर दिदै नेपाली कामदारका समस्या समाधानमा ग्रुपले पहल गर्दै आएको छ।

ग्रुपका संचालकहरु बाट एकमुष्ट २० हजार रुपैयाँ कोषमा जम्मा गरि सुरु गरिएको अभियानमा कोष बाहेक तीन दिन भित्र २३ हजार रुपैयाँ प्राप्त भएको थापाले जानकारी दिएका छन्।

याे पनि पढ्नुस  युएईमा ब्लडमनिको सजाय पाएका टोप बहादुर नेपाल फर्किदै ,यात्रा प्रतिबन्ध हटाउन दूतावास सफल

अभियानले पहिलो चरण अन्तर्गत केन्द्रिय राजधानी ,काठमाडौ भक्तपुर र ललितपुरका सडक बालबालिकालाई न्यानो कपडा बितरण गर्ने र सबैको साथ पाएमा क्रमश अन्य ठाउँमा पनि कपडा सहित अन्य सहयोग गर्दै जाने जानकारी दिएका छन्।

तत्काल हामी ५० जना बालबालिकालाई पुग्ने कपडाको ब्यबस्थापन गर्नेछौ त्यसपछि क्रमश अन्य सहयोगको लागि पनि अभियान चलाउने छौ ।हाम्रो उदेश्य कोहि पनि बालबालिका सडकमा नाङ्गै भोकै सुत्न नपरोस भन्ने नै हो अभियानका संयोजकको भनाइ छ।

याे पनि पढ्नुस  बर्दियाली सेवा समाज यूएईको अध्यक्षमा रमेशप्रसाद तिमल्सिना

कमेन्ट गर्नुहोस्