चितवनमा बस दुर्घटनाः ३ तीनको मृत्यु, २१ जना घाइते

चितवन, कार्तिक २ । बिहीबार चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।

 

काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस बिहीबार राति इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छैन । २१ जनालाई उपचारको लागि भरतपुर लगिएको छ ।

कमेन्ट गर्नुहोस्