प्रचण्डद्वारा दसैंको शुभकामना, सामाजिक एकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास

काठमाडौं, कार्तिक २ । असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैंका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

 

दसैंका अवसरमा शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्