कङ्कालनी मन्दिरमा ६३२ वटा राँगाको बलि प्रदान

राजविराज, कार्तिक २ । सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादसैंको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ ।

 

हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ ।

 

गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौंको संख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको संख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ ।

 

उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौंको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी¬बोकाको बलि दिइएको छ । -रासस

कमेन्ट गर्नुहोस्