प्रधानमन्त्री ओलीद्वारा टीका ग्रहण

काठमाडौं, कार्ति २ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गरे ।

 

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्