रवि शर्मा फेरि नेपाल आइडलमा, भोटका लागि आग्रह [भिडियो सहित]

लोकेश धामी, काठमाडौं । धनगढी अडिसनबाट ‘नेपाल आइडल सिजन-२’ मा छनोट भएका रवि शर्मा फेरि नेपाल आइडलको मञ्चमा आएका छन् । अब उनी भोटिङका आधारमा अगाडिको यात्रा बढाउन आइडलको मञ्चमा आएका हुन् । रवि गाला राउण्ड पुग्नका लागि बिहीबार गीत गाएका छन् ।


उनले धनगढी अडिसनबाट पहिलो चरणमा ‘बरु सागर सुकेर गैजाला’ बोलको गीत गाएर दर्शक-स्रोताको मन जितेका थिए । फेरि एकपटक उनी नेपाल आइडलको मञ्चमा देखिने सम्भावना बढेको छ ।

अब उनलाई गाला राउण्डमा प्रवेशका लागि भोट गर्नुपर्ने हुन्छ । रविलाई भोटका लागि मोबाइलको म्यासेज बक्समा गई १७ टाइप गरी ३१००९ मा पठाउन सक्नु हुने छ । भोट आउँदो आइतबार मध्यान्ह १२ बजेसम्म गर्न सक्नु हुनेछ ।  विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

रवि ‘Wild Card Entry’ का आधारमा गाला राउण्डमा पुग्न गीत गाउने मौका पाएका हुन् । उनीसहित ६ जना गाला राउण्ड प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । जसले सर्वाधिक भोट प्राप्त गर्न सफल भयो उनै प्रतिस्पर्धी गाला राउण्डमा पुग्न सक्ने छन् ।

त्यसकारण तपाइँ पनि रविलाई गाला राउण्डमा पुगाउन चाहनुहुन्छ भने भोट गर्नुस् । साथै, उनी बाहेक आफूलाई मनपर्ने अन्य प्रतिस्पर्धीलाई पनि भोट गर्न सक्नु हुने छ । स्मरण रहोस्, रवि शर्मा नेपाल आइडलको थिएटर राउण्डबाट आउट भएका थिए ।

कमेन्ट गर्नुहोस्