ललितपुर । देशभर रातो टीका र जमरा लगाएर विजयादशमी मनाउँदै गर्दा काठमाडौंमा भने केही युवाले शुक्रबार कालो टीका र जमारा लगाएर विजयादशमी मनाएका छन् ।
उनीहरुले देशमा बढिरहेको बलात्कारको घटनामा संलग्न अपराधीलाई फाँसीको माग गर्दै कालो टीका र कालै जमरा लगाएका हुन् ।कालो पोशाक सहित उनीहरुले बलात्कार तथा महिला हिंसाका घटनाबाट पीडित परिवारसँग टीका लगाएका हुन् ।
कालो टीका र जमरा लगाएर दसैं मनाउने मध्येमा निर्मला पन्तका हत्यारा भनी सार्वजनिक गरिएका दिलिपसिंह बिष्ट पनि थिए । पछि डिएनए परीक्षण गर्दा उनी घटनामा संग्लन नभेटिएपछि रिहा भएका थिए ।