अफगानिस्तान प्रिमियर लिगः सन्दिपको टिम र क्रीस गेलको लेजेन्ड्स भिड्दै

काठमाडौं, कार्तिक २ । यूएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपिएल) अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज (शुक्रबार) सन्दिप लामिछानेको टिम नगरहर लिओपार्डस र बल्ख लेजेण्ड्स भिड्दै छन् ।

खेल नोली समयअनुसार राती ९ः४५ बजे हुँदैछ । यसअघि सन्दिप आवद्ध टिम लिओपार्डसले लेजेन्ड्सलाई नै ६ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

नेपाली लेग स्पिनर सन्दिप आठौं खेलमा अन्तिम ११ मा पर्न सकेका थिएनन् । सातौं खेलमा मौका पाएका सन्दिपले २ विकेट लिएका थिए । मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ खेलेर सन्दीप त्यहिँबाट युएई पुगेका थिए ।

आइपीएलमा २० लाख भारू आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिात खेल्न भ्याइ नभ्याई रहेको छ।

आईपीएलपछि ग्लोबल टी–२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा ९सीपीएल० ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक पाएका थिए ।

अफगानिस्तानप्रिमियर लिग (एपिएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ।

कमेन्ट गर्नुहोस्