दशैँको साँझ मात्रै टीका जमरा सुरु हुने त्रिपुराकोट

त्रिपुराकोट, डोल्पा, कार्तिक २ । देशभरि पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार टीका थापिए पनि डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुराकोटमा दशैँको टीका जमरा लगाउने आफ्नै साइत रहेको छ ।

परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैँको टीका लगाउने प्रचलन रहेको यस शक्तिपीठमा बेलुकाको नित्य पूजापाठपछि मात्रै घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए ।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन्”, पूजारी उपाध्यायले भने ।

“दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम छ ।”

ज्योतिषका अनुसार आज बिहान ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।

रासस

कमेन्ट गर्नुहोस्