जनकपुरमा सिलिण्डर विष्फोटः एकको मृत्यु, २ जना घाइते

जनकपुरधाम, कार्तिक २ । जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ ।विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्