पूर्वराजाको हातबाट वृद्धादेखि बालबालिकासम्मले थापे टीका [फोटो फिचर]

काठमाडौं, कार्तिक २ । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । गत वर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका शाहले यो वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिएका हुन्।

निर्मल निवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको थियो। आमाको हातबाट आफूले टीका थापेपछि पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिएका हुन्।

उक्त अवसरमा पूर्वरानी कोमलले पनि सर्वसाधारणलाई टीका जमरा लगाइदिएर आशीर्वाद दिएकी थिइन्। पूर्वराजा शाहसँग टीका थाप्न राप्रपा अध्यक्ष कमल थापालगायतका विशिष्ट व्यक्ति निर्मल निवास पुगेका थिए।

-थाहखबरबाट साभार

कमेन्ट गर्नुहोस्