कारागारमा टीका जमरा

विदुर, कार्तिक २ । नुवाकोट कारागारका कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाएका छन् ।

विभिन्न मुद्दामा सो कारागारमा थुनामा रहेका १ सय ४१ जना पुरुष र २० जना महिला गरी १ सय ६१ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउाका साथै तीन सय भन्दा बढी कैदीका आफन्तबाट टीका ग्रहण गरेका हुन् ।

कारागारका आन्तरिक प्रशासन प्रमुख लुमडी कार्कीले कारागारमा रक्तदान र अन्य विभिन्न कार्यक्रम पनि गरिएको जानकारी दिए ।

दशैँ मनाइएपनि कैदीहरुमा भाईचारा र सद्भाव वृद्धि भई कारागार सुधारमा समेत बल पुग्ने कारागार निमित्त प्रमुख रामराजा भण्डारीले बताए ।

 

कमेन्ट गर्नुहोस्